Wednesday, May 21, 2025

बजारमा उपलब्ध अचारमा बेन्जोइक एसिडको मात्रा र मापदण्ड

नेपाल राजपत्र भाग ५ मिति २०६७/०६/२५ खण्ड ६० संख्या २६ मा प्रकाशित परिरक्षी सम्बन्धि अनिवार्य गुणस्तर बमोजिम अचारमा बेन्जोइक एसिडको मात्रा अधिकतम २५० पी. पी. एम. (२५० मि. ग्रा. प्रति केजी ) तोकिएको छ  l

बजारमा उपलब्ध अचारहरुको लेबलमा उल्लेखित विवरण अनुसार अचारमा २०० देखी २३५ मि. ग्रा. प्रति १०० ग्राम (करिब २००० पी. पी. एम. भन्दा बढी) बेन्जोइक एसिड प्रयोग गरिएको भनी उत्पादकले नै लेबलमा उल्लेख गरिएको देखिन्छ l खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १५ (घ) अनुसार बहिर्मिश्रित रसायन तोकिएको अधिकतम सीमाभन्दा बढी भएमा त्यस्तो खाद्य पदार्थलाई दूषित खाद्य पदार्थ भनी परिभाषित गरिएको र त्यस बिपरित कार्य गरेमा दफा ५० (ङ) विपरित कसुर गरेको मानिने र सो कसुरमा दफा ४२ (ग) बमोजिम एक बर्ष सम्म कैद वा चार लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने सम्मको प्राबधान रहेछ l  उत्पादक र अनुमति पत्र नम्बर पनि लेबलमा नै देखिन्छ l तोकिएको मात्रा भन्दा १० गुणा बढी प्रयोग गर्न अनुमति दिने कुरा पक्कै भएन होला, उत्पादकलाई जानकारी गराई  सुधार होस् भन्ने कामना l












No comments:

Post a Comment

Popular Posts