Monday, July 6, 2020

Organization structure concept described in National Food Safety Policy 2076

Nepal government logo

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६/०३/०८ को निर्णयबाट स्वीकृत भएको "खाद्य स्वच्छता नीति, २०७६" मा खाद्य स्वच्छता नियमन सम्बन्धमा  देहाय बमोजीम संस्थागत संरचनाको परिकल्पना उल्लेख भएको देखिन्छ  ।

"१२. संस्थागत संरचना
कृषि विकास रणनीति, २०७२ मा खाद्य स्वच्छता प्राधिकरण गठन गर्ने कुरा उल्लेख भए तापनि आवश्यक पूर्वाधारहरूको संरचना, जोखिममा आधारित निरीक्षण प्रक्रिया एवम् प्रत्यायन प्राप्त प्रयोगशालाको विकास नभई उल्लिखित प्राधिकरणको स्थापना र गठन सम्भव नभएकाले क्रमिक रूपमा नियामक निकायहरूको विकास र क्षेत्र विस्तार हुंदै सक्षम भइसकेपछि खाद्य स्वच्छता तथा गुण नियन्त्रण प्राधिकरणमा रूपान्तरित गरिनेछ । खाद्य स्वच्छता तथा गुण नियन्त्रण प्राधिकरण गठन नभएसम्म सबै नियमनकारी निकायहरूबीच आपसी सद्भाव तथा समझदारी सृजना गर्न, खाद्य नियमन पद्धतिलाई एक अर्काका कामहरूमा परिपूरक एवम् पारस्परिक सहभागितामा आबद्ध गरी प्रभावकारी कार्यान्वयन पद्धतिको विकास गर्न, खाद्य क्षेत्रमा पर्याप्त सक्षम र सक्रिय जनशक्ति, कर्मचारीहरू र नियमनकारी संरचनाहरूको उपयोग एवम् तिनलाई मितव्ययी बनाउन तथा अनावश्यक दोहोरोपन एवम् नियमनकारी निकायहरूबीच अस्पष्टता अन्त्य गर्न हाललाई एक अन्तर मन्त्रालय खाद्य स्वच्छता निर्देशन समितिको स्थापना गर्न कानुनी व्यवस्था गरिनेछ ।
खाद्य स्वच्छता तथा गुणस्तर व्यवस्थापन सम्बन्धमा केन्द्रीय स्तरमा देहाय बमोजिमका कार्यहरू गरिनेछन ः
क) खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख भूमिका हुनेछ ।
ख) कृषि विभाग तथा पशु सेवा विभागको परिपूरक एवम् सहयोगात्मक भूमिका हुनेछ ।
ग) स्वास्थ्य सेवा विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागको सहयोगी भूमिका हुनेछ ।
खाद्य स्वच्छता नीति कार्यान्वयन गर्ने जिम्मेवार निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अन्य धेरै संघ–संस्थाहरूसंगको सहकार्यको आवश्यकता पर्ने हुंदा आवश्यक सरोकारवालाहरूको भूमिकाबारे अनुसूची १ मा प्रस्तुत गरिएको छ ।"

No comments:

Post a Comment

Popular Posts